नेभिगेशन
सुरक्षा–अपराध

यी हुन् जम्मू काश्मिरमा नेपाली सुदीप न्यौपानेसहित २७ को हत्या गर्ने मध्यका ४ संदीग्धहरू 

एक महिनादेखि जम्मू क्षेत्र हुँदै कश्मिरको पर्यटकीय स्थलमा छिरेको पछिल्लो सूचना

काठमाडौं– बुटवल–१४ का सुदीप न्यौपानेसहित २७ जनाको हत्या गरिएको भारतको जम्मू कश्मिर आतंकवादी हमलामा संलग्न ४ संदीग्धको तस्बिर सार्वजनिक भएको छ।

हत्यामा संलग्न रहेका आतंकवादीले धर्म र नाम सोधेर पर्यटकलाई मारेका थिए। बाँच्न सफल रहेकाको बयानका आधारमा तयार पारेको स्केच र चार जनाको तस्बिर मेल खाएको भारतीय समाचार माध्यमले जनाएका छन्।

यस घटनामा पाकिस्तानको संलग्नता रहेको अभियोग लागिरहेको छ। तर, यसलाई पाकिस्तान सरकारले खारेज गरेको छ। 

यद्यपि, २७ जना सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको बताइन्छ। 

मंगलबार दिउँसो हमला भएको थियो।   

आतङ्कवादी हमलामा विदेशीसहित भारतका आन्तरिक पर्यटकको मृत्यु भएको त्यहाँको सरकारले जनाएको थियो।

सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। 

बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर–ए–तैयबा समूहले लिएको छ।

मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको छ। 

उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले पहलगाम आक्रमणको निन्दा गरेका छन्।  

भारतीय मिडिया आजतकका अनुसार आतंकवादीले धर्म सोधी सोधी हत्या गरेका थिए। हिन्दू धर्मवालम्बीलाई छानेर हत्या गरिएको दाबी गरिएको छ।

मृत्यु हुनेमा मनुज नाथ (कर्नाटक), शिवम मोगा (कर्नाटक), लेफ्टिनेंट विंजय नरवाल (हरियाणा), हिमांशी नरवाल (हरियाणा), शुभम द्विवेदी (यूपी), दिलीप देसले (महाराष्ट्र), अतुल मोहने (महाराष्ट्र), अतुल मोहने (अतुल मोहने) (अतुल मोहने) (अतुल मोहने) (अनन्त) शाहन (अनन्त)। दिनेश मिरानिया (छत्तीसगढ), मनिष रञ्जन (हैदराबाद), सञ्जय लेले, हिम्मत कलाथी, प्रशान्त कुमार, रामचन्द्रन, शालिंदर कल्पिया रहेका छन्।

आक्रमणमा घाइते हुनेहरुमा विनो भट्ट (गुजरात), एस बालचन्द्रु (महाराष्ट्र), अभिजवन राव (कर्नाटक), सन्त्रु (तमिलनाडु), सहसी कुमारी (ओरिसा), डा परमेश्वर , माणिक पाटिल, रिनो पाण्डे रहेका छन्।

यो आक्रमणलाई २०१९ मा पुलवामा भएको आक्रमण पछि जम्मू कश्मीरमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो समयमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको  थियो।

जम्मू काश्मिरमा आतंकवादीबाट मारिए बुटवलका सुदीपः आमा, बहिनी र ज्वाँई लिएर घुम्न गएका थिए

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध