नेभिगेशन
समाज विविध

कांग्रेसका नेताले गराएको बिहे फर्जी साबित, पतिको लर्को लगाउने कर्मचारी कल्पनाको कन्तबिजोग

काठमाडौं– एक जना पूर्वउपसचिवको कान्छी पत्नी बनाई कांग्रेसका नेता र केही वकिल मिलेर गराएको बिहे सर्वोच्च अदालतले फर्जी साबित गरेको छ। जसका कारण ति पूर्वउपसचिवविरुद्धको अंश मुद्दा पनि टरेको खबर सतहमा आएको छ।

पतिसँग सम्बन्ध विच्छेद नगरी पिता समानका अवकाशप्राप्त उपसचिवलाई मर्नु न बाँच्नुको अवस्थामा पारेकी थिइन्, सरकारी कर्मचारी कल्पना डौलियाले। उनी लमजुङकी हुन्। 

पूर्वउपसचिव भीमलाल लामिछानेले जीवनको.उत्तरार्धमा १२ बषएभन्दा बढी अड्डा अदालत धाएपछि सर्वोच्च अदालतबाट न्याय पाएका छन्। मुद्दा जिताइदिए आधा सम्पत्ति दिन्छु भन्दै कानुन व्यावसायीलाई कल्पनाले प्रभावित बनाएका समाचार प्रकाशित भएका छन्।

कल्पनाको तर्फबाट रमण श्रेष्ठले मुद्दा लडेका थिए। तर लामो बहसपछि न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले पोखरा उच्च अदालतको फैसलालाई सदर गरी बृद्ध उपसचिवको पक्षमा फैसला गरेको थियो।

कल्पना र भीमलालको बिहे अदालतले बदर गरिदिएको हो। यसकारण अंशको सम्पत्तिसम्बन्धी मुद्दा समेत नलाग्ने भएपछि भीमलाललाई न्याय मिलेको छ।

कल्पनाले भीमलाल अगाडि पोखराका पूर्णबहादुर रञ्जित, तनहुँका मानबहादुर दरै, काठमाडौंका राम मुल्मी, चितवनका टिकाराम न्यौपानेसँग बिहे गरी अंश लिएको पनि फेला परेको छ।

कल्पना र भीमलालको मिलन पूर्वसांसद कांग्रेस नेत्री शारदा पौडेल, मुक्तिराम अधिकारी, वकिल सुकदेव गौतम र ध्रुवबहादुर खत्रीले गराए। उनीहरुले बिहे समेत गराएका थिए। 

टीकाराम न्यौपानेको दोस्रो पत्नीका रुपमा मिलेर बस्ने भनी जिल्ला प्रशासन कार्यालय चितवनमा गरेको मिलापत्रले भीमलाललाई जोगाएको विषय जनआस्था साप्ताहिकले उल्लेख गरेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध