नेभिगेशन
खेलकुद

रंगशालामा रोबर्टो कार्लोस (तस्वीरहरू)

ब्राजिलका लिजेन्ट फुटबलर रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित भएका छन्। नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पोखरा र धनगढी मैदान उत्रनुअघि कार्लोस रंगशालामा उपस्थित भएका हुन्।

नेपाल सुपर लिगमा उत्साह थप्न मंगलबार नेपाल आइपुगेका उनलाई रंगशालामा दर्शकले स्वागत तथा सम्मान गरेका छन्। यसअघि कार्लोसले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए।

कार्लोसलाई पुनः नेपाल भ्रमणमा आउन ओलीले निम्ता दिएका छन्।

नेपाल सुपर लिगको फाइनलमाा ललितपुर पुगिसकेको छ। पोखरा र धनगढीबीचको खेलको विजेताले पनि फाइनलमा स्थान बनाउने छ।

received_543017612186402-1745418988.jpeg
received_10023433664347210-1745418983.jpeg
received_1014721717421017-1745418979.jpeg
received_722960343387512-1745418988.jpeg
received_983805400535131-1745418979.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद