नेभिगेशन
समाज विविध

बिराटनगर महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मेहतालाई प्रवेशमा प्रतिबन्ध

मोरङ– बिराटनगर महानगरपालिकामा सरुवा भई पुगेका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई प्रवेशमा प्रतिबन्ध लगाइने भएको छ। 

मेयर नागेश कोइराला आफैं त्यसका लागि अग्रसर भएका छन्। मेहता यसअघि इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए। सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी बिराटनगर महानगरमा खटाएको थियो।

मंगलबार ४७ जना सहसचिवको सरुवा गर्दा विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा मेहताको नाम परेको थियो। मेयर नागेश कोइरालाले सल्लाह नगरी मन्त्रालयले मनखुसी प्रमुख प्रशासकीय पठाएकाले मेहतालाई स्वीकार गर्न नसकिने बताएको विवरण सतहमा आएका छन्। 

मेहता विवादमा तानिएको भन्ने मेयर कोइरालाको आरोप छ। मेहताले आफूसँग सहमतिसमेत नलिइ सरुवा मागेको र कार्यशैली ठीक नदेखिएकोले स्वीकार्न नसकिने कोइरालाले बताएका छन्। 

जनप्रतिनिधिहरुले बरु अरुलाई नै प्रमुख प्रशासकीय बनाएर पठाउनुपर्ने माग गरेका छन्। मेहता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए। मेहताले आफूलाई हाजिर हुन नदिने कुरा सुनेर आश्चर्य लागेको बताए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध