नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशन नजिक हुँदा पूर्वपदाधिकारीलाई चियापान गराउँदै वीपीका छोराको अर्को समूह

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको संघारमा वीपी कोइरालाका पुत्र शशांक कोइरालाले अलग समूह बनाउने भएका छन्। 

उनले त्यसका लागि पार्टीका पूर्वपदाधिकारीलाई निवासमा डाकेर चियापान गराएका छन्।

पार्टीका पूर्वपदाधिकारी लगायत नेताहरुलाई निमन्त्रणा गरेर उनले विहीबार चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले चियापानसँगै नेताहरूले छलफल चलाएका छन्।

नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमा गच्छदार, प्रकाशशरण महतसहितको बैठक भएको छ।

चियापानमा नेताहरु एनपी साउद, दिलेन्द्र बडु, पुस्पा भुसाल, दीपक गिरी, अम्बिका बस्नेत,गुरु बराल,  नैनसिंह महर, राजीव ढुंगाना, शिव हुमागाईं लगायत सहभागी छन्।

नेता कार्यकर्ता चियापान गरिरहेका बेला शशांकसहितका पूर्वपदाधिकारीहरू छुट्टै बैठक बसेका थिए।

महाधिवेशनमा सभापतिका लागि शशांकका दाजु शेखर कोइरालाले अभियान तिव्र पारिरहेका छन्। उता सभापतिका निम्ति शेरबहादुर देउवा विधान संशोधनको तयारीमा छन् भने पूर्णबहादुर खड्का र गगन थापालगायत पनि सक्रिय बनिरहेका छन्। 

यहि बेला शशांकले पनि नयाँ समूहको तयारी गरेका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति