नेभिगेशन
राजनीति

ओलीले गाली बेइज्जती मुद्दा हालेकी पन्तलाई शिक्षामन्त्री ‘उपहार’, रघुजीले के भनेका थिए?

काठमाडौं– विद्या भट्टराईको राजीनामापछि रिक्त रहेको शिक्षामन्त्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सांसद रघुजी पन्तलाई बुधबार नियुक्त गरेका छन्। 

पन्तको शपथ बिहीबार दिउँसो ४ बजेका लागि राखिएको छ। शिक्षक आन्दोलन सहमतिका लागि भट्टराईले प्रधानमन्त्री ओलीलाई ७ बुँदा प्रस्ताव गरेकी थिइन्। त्यसमा प्रधानमन्त्री ओली सहमत नभएका कारण भट्टराईको राजीनामा आएको बताइन्छ। 

अर्कातिर शिक्षा मन्त्रालय अन्तर्गतका केही कार्यक्रम प्रधानमन्त्री ओलीका प्राविधिक सल्लाहकार समेत रहेका असगर अलीको कम्पनीलाई नदिएकाले विवाद चुलिएको विषय पनि सतहमा आएको थियो। 

भट्टराईले सरकारले गर्ने काम निजी कम्पनीलाई दिन नमिल्ने भनेपछि अस्गर अलीसँग विवाद चुलिएका कारण राजीनामा दिन बाध्य पारिएको बताइन्छ।

यता, नयाँ शिक्षामन्त्री पन्त विवादमुक्त होइनन्। राष्ट्रिय सभा सदस्य रहेका बेला एमालेकी कोमल ओलीले उनलाई जिल्ला अदालत काठमाडौंमा ०७७ सालमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन्। 

komal-oli-1745478722.jpg
२५ फागुन ०७७ मा मुद्दा दर्ता गरिएको थियो। त्यसबेला पन्त एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्धको बागी पक्षमा थिए। अर्थात् उनी माधवकुमार नेपालको समूहमा रहेका बेला कोमल ओलीविरुद्ध मानमर्दन हुने अभिव्यक्ति दिएका थिए।

कोमल ओलीले जिल्ला अदालत काठमाडौमा क्षतिपूर्ति माग दावी गर्दै मुद्दा दायर गरेकी थिइन्।

मुद्दामा उनले नेता पन्तले ‘केही दिनअघि सारी सर्लक्क फर्काएर गोडा पिडुला देखाएर पोइल जान पाउँ भनी गाली बेइज्जती गरेको’ उल्लेख गरेकी थिइन्।

उक्त टिप्पणीले आफ्नो गाली वेइज्जती गरेको दावी निवेदनमा गरिएको छ। उनले मुलुकी फौजदारी संहिता ३५ अनुसार कारवाही गर्नुपर्ने माग गरेकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति