नेभिगेशन
विश्व

भारतले गर्‍यो पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक

काठमाडौँ- भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स (ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ ।

भारतीय मिडियाहरूका अनुसार पाकिस्तान सरकारको एक्स अकाउन्ट भारतभर नखुल्ने बनाइएको छ ।

पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । यस घटनापछि भारतले कडा प्रतिक्रिया स्वरूप सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै पाकिस्तानका वरिष्ठ कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय गरेको छ । भारतमा रहेका पाकिस्तानी नागरिकलाई स्वदेश फर्किन भनिएको छ ।

भारत र पाकिस्तानबीच अहिले कूटनीतिकस्तरमा तनाव बढेको छ । भारतले पाकिस्तानलाई सीमा पार आतंकवादलाई समर्थन र आश्रय दिएको आरोप लगाउँदै व्यापक कारबाही गर्ने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीहरुलाई नसोचेको सजायँ दिने कडा प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानले भने पहलगाम घटनामा संलग्नता अस्वीकार गरेको छ । भारतको कडा प्रतिक्रिया सार्वजनिक भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वरिष्ठ सुरक्षा अधिकारीहरूको बैठक बोलाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व