नेभिगेशन
राजनीति

संसदमा बजेटको बहसमा रास्वपाबाट स्वर्णिमले नेतृत्व गर्ने निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ बजेट सम्बन्ध छलफल र बहसमा संसदभित्र सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले बजेटसम्बन्धी विषयमा संसदभित्र रास्वपाको नेतृत्व गर्ने जिम्मेवारी उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिएको छ ।

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि सरकारका नीति तथा कार्यक्रम एवं बजेटका सबै विषयवस्तुमा पार्टीका सांसदहरूलाई सक्रिय भाग लिन निर्देशन दिइएको बताएका छन् ।

यस्तै, शिक्षक आन्दोलनका मागहरू अध्ययन गर्ने र संसदमा प्रस्तुत विधेयकमा काम गर्न शिक्षा समितिमा रहेका डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टीम बनाउने निर्णय भएको परियारले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति