नेभिगेशन
समाज विविध

पति सुतेकै ठाउँमा मृत भेटिएपछि शव अस्पतालमा, पत्नी प्रहरी हिरासतमा 

राजविराज– कञ्चनरुप नगरपािलका– ८ साबिकको कञ्चनपुरमा पति सुतेकै ठाउँमा मृत भेटिएपछि पत्नीलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ। बिहीबार श्यामकुमार गुप्ता सुतेकै ठाउँमा मृत भेटिएका थिए। 

अनुसन्धानका लागि गुप्ताकी पत्नी गुञ्जालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा राखिएको छ। मृतकको शव पोष्ट मार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा लगिएको हो। 

पति अधिक मदिरा सेवन गर्ने गरेका कारण मानसिक स्वास्थ्यमा समस्या भएकी पत्नीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा आशंका गरिए पनि पोस्ट मार्टम रिपोर्टअनुसार मात्र तथ्य स्थापित हुने बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध