नेभिगेशन
खेलकुद

नेपालले स्कटल्याण्डमा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौँ -नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुनमा स्कटल्याण्ड र नेदरल्याण्डससँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।

स्कटल्याण्डमा हुने यो सिरिज जुन १५ देखि २० जुनसम्म हुने छ । सिरिजमा नेपालले जुन १६ मा नेदरल्याण्डससँग, जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा नेदरल्याण्डससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्ने तालिका स्कटल्याण्ड क्रिकेटले सार्बजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले भने यस बारेमा औपचारिक जानकारी दिएको छैन ।
             

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद