नेभिगेशन
राजनीति

गभर्नर नियुक्त नगरिएकामा कांग्रेसले सार्वजनिकरुपमै जनायो असन्तुष्टि, ‘ढिलाइ दुर्भाग्यपूर्ण’

काठमाडौं-नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा गरिएको ढिलाइप्रति नेपाली कांग्रेसले सार्वजनिकरुपमा नै असन्तुष्टि जनाएको छ।

पूर्वअर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गभर्नर नियुक्तिमा ढिलाइ गरिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

बिपी चिन्तन प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक पूर्वाग्रह नराखी योग्य र व्यावसायिक व्यक्तिलाई गभर्नर नियुक्त गरिनुपर्नेमा ढिलाइ गरिएको भन्दै असन्तुष्टि जनाए।

‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ। यो काम चाँडै गरौं।’

गभर्नर पद कांग्रेसको भागमा परेकामा एक महिना अगाडि गठित सिफारिस समितिको बैठक समेत बोलाइएको छैन। गभर्नर पद चैत २४ देखि रिक्त छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति