नेभिगेशन
समाज विविध

आन्दोलनको २३औं दिनमा पस्यो सर्वोच्च, तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कन अन्तरिम आदेश (आदेशपत्र)

काठमाडौं– आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो। 

आदेश प्राप्त भएको मितिले तीन दिनभित्र विद्यालय फर्किन आदेश भएको जानकारी दिँदै सर्वोच्चका प्रवक्ता अचयुत कुइँकेलले भोली आन्दोलित शिक्षकलाई पठाइने बताए। 

यस हिसाबले आन्दोलनमा पसेको सर्वोच्चले शिक्षकलाई आइतबारसम्म विद्यालय फर्किन भनेको हो। 

अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ। 
adesh-1-1745505584.jpg
aadesh-2-1745505584.jpg
aadesh-3-1745505584.jpg
aadesh-4-1745505584.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध