नेभिगेशन
राजनीति

‘युथ सेलिब्रेशन’का नाममा एमालेद्वारा सम्पर्क मञ्चसँग डेढ लाख मागियो, यस्तो छ प्रमाण

काठमाडौं– नेकपा एमालेले युथ सेलिब्रेशनका नाममा विहीबार काठमाडौंमा मुलुकका विभिन्न स्थानबाट प्रायोजित रुपमा युवालाई झिकाएको प्रमाण फेला परेको छ।

एमालेले युवाको स्वतःस्फूर्त उपस्थिति भएको दाबी गरे पनि स्थानीय पालिकादेखि विभिन्न निकायमा चन्दा र सहयोग रकम उठाएको आशंका गरिएको छ भने सम्पर्क मञ्चबाट पनि रकम खर्च गरिएको पत्ता लागेको छ।

झापाको कन्काई नगरपालिकाबाट काठमाडौंमा सहभागी भएका युवा फर्काउन काठमाडौं–झापा सम्पर्क मञ्चलाई एक लाख ५० हजार रुपैंया सहयोग रकम दिनका लागि पत्र लेखिएको थियो।

उक्त कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले सम्बोधन गरेका थिए। 

झापाबाट युवालाई काठमाडौं उतार्न र फर्काउनका लागि यसरी लेटरहेडमा नै रकम माग गरिएको छ। 

एमाले कनकाई नगर कमिटीका कार्यालय सचिवको हस्ताक्षर रहेको पत्रमा भनिएको छ,‘काठमाडौं झापा सम्पर्क मञ्चसँग एक लाख ५० हजार सहयोगको अपेक्षासहित यो पत्र लेखिएको छ।’
485610589_1616377439073445_614548909762589443_n-1745507379.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति