नेभिगेशन
राजनीति

देउवाको बैंककमा काम सकियो, आरजुसहित दिउँसो काठमाडौंमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी पत्नी आरजु राणा देउवा शुक्रबार बैंककबाट काठमाडौं फर्किने निश्चित भएको छ।

दम्पत्ती दिउँसो १२ बजे काठमाडौं आइपुग्नेछन्। 

५ दिनसम्म थाइल्यान्डको बैंककमा बसेका दम्पत्ती वैशाख ७ गते पुगेका थिए। यसबीचमा कांग्रेस सरकारसँग असन्तुष्ट रहेको भन्ने विषय उजागर भएको थियो।

बैंककमा देउवाले स्वास्थ्य जाँचको फलोअप गराउनुका साथै केही अनौपचारिक कुटनीतिक भेट गरेको भन्ने चर्चा थियो। यी सबै विषयबारे देउवा काठमाडौं उत्रिएपछि प्रष्ट हुने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति