नेभिगेशन
विश्व

पाकिस्तानी हिन्दूहरूको भिसा मान्य हुने भारतको स्पष्टीकरण

काठमाडौँ - जम्मु कश्मिरको पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकहरूको भिसा रद्द गरको भारतले पाकिस्तानी हिन्दूहरूको दीर्घकालीन भिसासम्बन्धी स्पष्टीकरण जारी गरेको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, 'भिसा रद्द गर्ने निर्णय पाकिस्तानका हिन्दू नागरिकहरूलाई पहिले नै दिइएको एलटीभीमा लागू हुँदैन । यी भिसाहरू अझै पनि मान्य छन् ।'

यसअघि, विदेश सचिव विक्रम मिश्रीले बुधबार भनेका थिए- 'अब पाकिस्तानी नागरिकहरू सार्क भिसा छुट योजना अन्तर्गत जारी गरिएको भिसाको आधारमा भारत यात्रा गर्न सक्ने छैनन्।'

उनले भनेका थिए, 'सार्क भिसा छुट योजना अन्तर्गत पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएको भिसा रद्द मानिनेछ । सार्क भिसा छुट योजनाअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूले ४८ घण्टा भित्र भारत छोड्नुपर्नेछ ।'

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले यो कदम चालेको हो, जसमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

गत बुधबार, नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकमा धेरै निर्णयहरू लिइएका थिए, जसमध्ये एउटा पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने निर्णय थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व