नेभिगेशन
सुरक्षा–अपराध

उपत्यका छिर्ने नाकाकी एक्ली प्रहरी महिला कमान्डरः थानकोट वृत्त इन्चार्जमा पुगिन् डीएसपी एलिजा

काठमाडौं– प्रहरी प्रधान कार्यालयले बुधबार एकसाथ १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले गरेको सरुवाको निर्णय बिहीबार सार्वजनिक गरिएको थियो। 

काठमाडौँ उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा नयाँबानेश्वर वृत्तमा सरुवा भएका छन्। 

प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई सरुवा गरिएको छ। बालाजु वृत्तमा ज्ञानबहादुर बिष्ट, नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन्। 

भक्तपुरको ठिमी वृत्त र ललितपुरका २ वटा वृत्तका पनि इन्चार्ज सरुवा गरिएको छ।

ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको छ।

सरुवा भएका मध्यमा एलिजा गिरी मात्र महिला कमान्डर हुन्, उपत्यकाको वृत्तका निम्ति। यसअघि नभएका भने होइनन्, स्वयम्भूमा पूर्णिमा चन्दलाई इञ्चार्ज बनाइएको थियो।

यसपछि उनी जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि केही समय प्रवक्ताको जिम्मेवारीमा पनि रहिन्। यसबाहेक उनी परिसरको उत्कृष्ट पनि बनेकी थिइन्। 

यसैगरी, एलिजाले पनि काम देखाउन सक्नेगरीको महत्वपूर्ण जिम्मेवारी पाएकी हुन्। 

नागढुङ्गा काठमाडौं छिर्ने एउटा प्रमुख नाका हो। यो नाका प्रहरी वृत्त थानकोटको कमान्डमा पर्छ। त्यसको कमान्डरका रुपमा डीएसपी एलिजा पुगेकी हुन्। 

यसअघि उनले जिल्ला प्रहरी कार्यालय रौतहटको सेकेन्ड म्यान भएर पनि जिम्मेवारी कौशलापूर्वक सफल बनाइन् भने इन्स्पेक्टर रहँदा कोटेश्वर प्रभाग प्रमुखका रुपमा काम गरेकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

३ सय किलोग्राम गाँजा बरामद