नेभिगेशन
राजनीति

व्यवस्था मात्रै परिवर्तन नभई अवस्था पनि परिवर्तन भएको काँग्रेसको दाबी

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभई अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरेको छ ।

आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिने गरी धेरै परिवर्तन भएको जिकिर गरेका छन् ।

‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौँ ।’

संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क उनले गरे ।

‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्ने गरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौँ भने निश्चय पनि यो हामीले देख्न सक्छौँ,’ घिमिरेले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’स्थान परिवर्तन भएन भन्नेहरू गलत रहेको उनले बताए । परिवर्तनको अवस्था तथ्यमै देखिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति