नेभिगेशन
राजनीति

प्रधानमन्त्रीले भने- लोकतन्त्रमा रचनात्मक आलोचना होस्, समाजलाई भाँड्ने खालको होइन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताएका छन्।

भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्ने बताएका छन्।

उनले भने, ‘आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।’

उनले ०७२ को भूकम्प जाँदाको परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर भएको स्मरण गरेका छन्।

उनले भने, ‘हामीसँग अत्यन्तै तितो अनुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौँ । भूकम्प त्यसैबेला गयो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति