काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको विनाशकारी भूकम्पको १० औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै, भूकम्पपछिको जस्तो राष्ट्रिय एकता र सहकार्य भावी दिनमा पनि कायम रहनु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा उनले प्राकृतिक विपत्तिको सामना गर्न राष्ट्रिय एकता, समन्वय र पूर्वतयारी अपरिहार्य भएको भन्दै त्यस्ता विपत्तिपछिको उद्धार, राहत तथा पुनःनिर्माणमा देखिएको नेपाली जनताको साहस, सुरक्षाकर्मीहरुको योगदान र अन्तर्राष्ट्रिय मित्रहरुको सहयोगको खुलेर प्रशंसा गरे । प्रधानमन्त्री ओलीले भने, "हामीले पुनःनिर्माणको असाधारण क्षमता देखाएका छौँ, तर अबका दिनमा संरचना बलियो बनाउने र क्षति हुन नदिने पूर्वतयारीमै जोड दिनुपर्छ।"
भूकम्पका बेला संविधान निर्माणको संवेदनशील चरण रहे पनि, राजनीतिक दलबीच देखिएको समझदारी र एकता उल्लेख गर्दै उनले भने, “त्यो बेला पक्ष–विपक्ष नभनी सबै एकजुट भयौं, यही राष्ट्रिय एकता भावी चुनौती सामना गर्न पनि आवश्यक छ।”
प्रधानमन्त्रीले प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणमा सुरक्षित संरचना, कानुनी सुधार, नागरिक सचेतना, पूर्वतयारी र सरकारको सक्रियता अपरिहार्य भएको बताए। साथै, आलोचना पनि तथ्य र रचनात्मक हुनुपर्ने भन्दै समाजलाई बाँड्ने झुटा प्रचारप्रति सचेत रहनुपर्नेमा जोड दिए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाख, २०८२ मा भूकम्प स्मृति दिवसको कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको पूर्णपाठ ः (मन्तव्यमा आधारित)
यस कार्यक्रमका सभापतिज्यूू, माननीय उपप्रधानमन्त्रीज्यूू, माननीय मन्त्रीज्यूूहरु, विभिन्न जिम्मेवारीमा रहनुुभएका नेता पदाधिकारी, विभिन्न देशका राजदूतहरु र सबै यहाँ उपस्थित हुुनुुभएका साथीहरु, दिदीबहिनी तथा दाजुुभाइहरु !
आज हामी एउटा दुुःखको दिन, दुुःखको घडीको स्मरण गरिराखेका छौं दश वर्षपछि । आजकै दिन अर्थात् वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र गरेर महाविनाशकारी भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको थियो । यतिबेला म त्यस आकस्मिक प्राकृति विपतमा परी जीवन गुमाउनेहरुप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्दछुु ।
त्यसबेला ठूलो धनको पनि क्षति भयो । जसलाई हामीले सफलतापूर्वक पुनःनिर्माण गरेका छौं र नेपाल एउटा भूकम्पछिको पुनःउत्थानशील अथवा यो समाज नै पुुनःउत्थानशील छ, रिजिलियन्स यसको विशेषता हो भन्ने कुरा हामीले देखाएका छौं सफल कामहरुबाट । म त्यस दिनको त्रासदीपूर्ण घटना सम्झिन चाहन्छुु र सम्पूर्ण नेपाली समुुदाय वा जो जो त्यस बेला काठमाडौंमा थिए, सबैका लागि एउटा त्रासदीपूर्ण समय भएको थियो । त्यसपछिका पराकम्पहरुले सबैमा एउटा त्रासदीपूर्ण मनस्थिति सिर्जना गरेको थियो । त्यसले मान्छे राम्ररी सुुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैं त्रसित हुने, पराकम्पहरु फेरि भयानक रुपमा उस्तैगरी आउने जसबाट त्रासको वातावरण महिनौंसम्म बनेको थियो । जुन अहिले पनि सम्झिदा दुुःखद्स्थिति, त्रासदीपूर्ण र त्यसले एउटा मानसिक अवस्थामा समेत मानिसहरुको स्वास्थ्यलाई बिर्गाने खालको कुरा सम्झिएर, अत्यासलाग्दो अवस्था अहिले पनि सम्झिएर हामी एउटा अप्रिय भावना मनमा कसोकसो पलाएको स्थितिमा हुन्छ ।
हाम्रो देश हरेक प्रकारका प्राकृतिक विपत्ति, जमिनबाट प्राप्त हुने विपत्ति, पानीबाट प्राप्त हुने विपत्ति, आगोबाट प्राप्त हुने विपत्ति, हावाबाट प्राप्त हुने सबै विपत्ति हाम्रोमा आइलाग्छन् । जमिनबाट त्रासदीपूर्ण भूकम्प गएर जसले ९ लाखभन्दा बढी संरचनाहरु भत्काउने, ९ हजारभन्दा बढीको ज्यान जाने, त्यस्तो खालको त्रासदीपूर्ण स्थिति रह्यो । हाम्रा पुरातात्विक, ऐतिहासिक, धार्मिक अनेक धरोहरहरुको क्षति भएको थियो । त्यसै गरेर हावाहुरीले कहिले अन्नवाली समाप्त पार्दिन्छ, कहिले घरहरु भत्काइदिन्छ । हामी मौसमअनुसार पीडित हुन्छौं । पानीबाट धेरै पीडित हुन्छौं । कहिले असाधारण बाढी आउँछ र त्यस अतिवृष्टिले जमिनमा पहिरो जाने र बाढी जाने, त्यसले बाटा भत्काइदिने, घरहरु बगाइदिने, खेतबारीहरु बगाइदिने, पुुलहरु भत्काइदिने र बगाइदिने अनेक प्रकारका वितण्डहरु हामीले त्यसबाट सहनुु परेको छ । गर्मी ठाउँ छ । कहिले आगजनीका घटनाहरु हुन्छन् । कहिले वनमा आगलागी हुन्छ, कहिले गाउँमा आगलागी हुन्छ । यसको पीडा पनि हामीले बेहोर्नु परेको छ । आगोबाट, हावाबाट, पानीबाट, जमिनबाट र सबैतिरबाट हामी प्राकृतिक विपत्तिको चपेटामा पर्छौ । हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, हाम्रो क्षमताले पुुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन । पहाडतिर हाम्रा घरहरु कस्ता छन् भने, डल्लाडल्ला ढुंगाहरु, नमिलेका ढुंगाहरुमा माटो मिसाएर यत्तिकै पर्खाल लगाएको हुन्छ, अलिकति हल्लियो भने त्यो भत्किहाल्ने खालको हुन्छ । धन्न भन्नुु पर्छ अहिलेसम्म कतिपय यस्ता घरहरु बाँकी नै छन् । ती घरहरुलाई हामी आफैँले, हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिनुु पर्दछ । जहाँ, फलामको प्रयोग होस्, जहाँ काठको प्रयोग होस्, जहाँ सिमेन्टको प्रयोग होस्, जहाँ बालुुवाको प्रयोग होस्, यसरी नभत्किनेखालका संरचनाहरु, नभत्किनेखालका मेटरियलहरुको प्रयोग गरेर पहिले नै निर्माण ग¥यो भने पछि अचानक एउटा भयावह परिस्थिति, क्षति जीवन, ज्यान र धन, हरेक कुरामा जुन भयावह क्षति बेहोर्नु पर्ने हो, त्यो अवस्था नआउन सक्छ । त्यसैकारण हामीले पहाडमा फुसका छानालाई जस्तापाताहरुले विस्थापित ग¥यौं । किनभने आगो लाग्न नपाओस् । कमसेकम जस्तापातामा फुसका पातामा जस्तो छिटो आगो लाग्दैन, लागिहाल्यो भने निभिहाल्छ र निभाउन सकिन्छ । त्यसकारण यी कार्यक्रमहरु हामीले अगाडि बढायौं । तराईमा जनता आवासजस्ता कार्यक्रमहरु मार्फत् फुसका सानासाना छाप्राहरु, बुुकुराहरु, घरै भन्न नमिल्नेखालका घरहरुलाई विस्थापित गर्न जनता आवास कार्यक्रम लग्यौं । कतिपय ठाउँमा जमिनको धनीपूर्जा नहुने आदिजस्ता कारणहरुले त्यो पनि बनाउन नसकिने खालका अवस्थाहरुलाई हामीले मिलाउँदै जानुुपर्छ र कानुनी प्राबधानहरु सजिलो बनाउनुु पर्छ । सरकारले निर्णय गरेर जहाँ त्यस्ता एकीकृत वस्ति निर्माण गर्ने हो, जहाँ जनता आवास कार्यक्रम अगाडि बढाउने हो । त्यस्ता ठाउँहरुलाई प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचनासहित अगाडि बढाउनुु पर्दछ । त्यसमा कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई हामीले समाधान गर्नु पर्दछ ।
मुख्य कुरा प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारी हो । म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनि भन्न चाहन्छुु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस् । भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनःनिर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं । प्राकृतिक विपत्तिहरुबाट पनि सुरक्षित नेपाल निर्माण गर्न सक्छौं । हाम्रो मात्रै होइन, विभिन्न देशमा भूकम्प जान्छ । हाम्रो जस्तो जुन विनाशकारी भूकम्प भयो, त्यस्ता भूकम्पहरु अन्त पनि जान्छन् तर केही पनि क्षति नभइकन भूकम्प टर्छ । किनभने त्यहाँका संरचनाहरु त्यसैअनुुसार छन् । अरु देशहरुमा सामुुन्द्रिक आँधी, समुन्द्रबाट अरु प्रकारका विपत्तिहरु आउने हाम्रो देशमा छैनन् । समुद्रका विपत्तिहरु हामी कहाँ छैनन् । पानी भएका खोलाका छन्, तालतलैया, ग्ल्यासियर बिस्फोटका हुनसक्छन् थामेमा भएका जस्तै । यस्ता कुराहरु जलवायु परिवर्तनका समस्याहरुलाई सम्बोधन गर्ने विधिबाट पनि त्यस्ता कुराहरुलाई पनि समाधान गर्न सकिन्छ । अर्को कुरा, त्यस्ता ग्लायासियरहरुलाई कुनै वस्ती केही भइहाल्यो भने पनि त्यस्तो वस्ती तलतिर क्षति नहोस् भन्ने कुरामा ध्यान दिनुुपर्छ । यस पटक थामेमा दिउँसो भएको हुनाले मान्छे भाग्न पाएँ, दिउँसो भएको हुनाले त्यसबाट जनको क्षति, जीवनको क्षति कम भयो । यदि दिउँसो नभएर राती हुन्थ्यो भने, यदि २०७२ वैशाख १२ गतेको भूकम्प यदि राती वा बिदाको दिन त्यो घटना भएको हुन्थ्यो भने त्यसले असाधारण विनाश गर्ने थियो । तर, दिउँसो ११ बजेर ५६ मिनेटमा शनिबारको दिन, बिदाको दिन परेको हुनाले क्षति कम भयो । त्यसकारण हामी छनोट गरेर त्यस्तै समय त पार्न सक्दैनौं । त्यसकारण त्यस्तो समय पार्न सक्दैनौं भने जस्ता सुकै समयमा पनि हामी सुरक्षित हुने विधि हामीले अवलम्बन गर्नु पर्दछ । हामीले यस्तो स्थितिमा एउटा पुनःनिर्माणको असाधारण क्षमता देखाएका छौं । त्यसबेला उद्दार कार्यमा, राहत कार्यमा हाम्रा सुरक्षा निकायहरु, संघसंस्थाहरु र हाम्रा जनताले गरेका प्रयासहरु असाधारण छन्, प्रंसशनीय छन् । म अहिले पनि त्यो स्मरण गर्न चाहन्छुु र उहाँहरुको प्रशंसा गर्न चाहन्छुु । सुरक्षा निकायहरुले जुन असाधारण योगदान गरेका छन्, त्यसको प्रशंसा गर्न चाहन्छुु । त्यसै गरेर पुनःनिर्माणका काममा र राहतका कामदेखि वा उद्दारका कामदेखि नै हाम्रा मित्रहरुले, हाम्रा सहयोगी मित्रहरुले अप्ठ्याराको परिस्थितिमा हामी साथमा छौं भनेर जुन मित्रताका हातहरु, सहयोगका हात अगाडि बढाउनुु भयो, ती असाधारण छन्, स्मरणयोग्य छन् अथवा भुुल्न नसकिनेखालका छन् । म त्यसका निम्ति साथीहरुलाई धन्यवाद भन्न चाहन्छुु । त्यसै गरेर पुनःनिर्माणका काममा हाम्रो मात्रै प्रयासबाट सायद त्यति छोटो समयमा ती कामहरु गर्न सक्ने थिएनौं होला । हाम्रो मात्रै प्रयासले त्यो पर्याप्त हुँदैनथ्यो । हामी धेरै अप्ठ्यारो स्थितिमा हुने थियौं तर म हाम्रा सहयोगी मित्रराष्ट्रहरु, संघसंस्थाहरु सबैलाई धन्यवाद भन्न चाहन्छुु कि उहाँहरुले यस्तोमा असाधारण सहयोग पुु¥याउनुुभएको छ, असाधारण तत्परता देखाउनुुभएको छ, नेपाल र नेपाली जनताप्रति असाधारण मित्रता देखाउनुुभएको छ । यसका निम्ति म सबैप्रति आभार व्यक्त गर्न चाहन्छुु र धन्यवाद व्यक्त गर्न चाहन्छुु ।
भूकम्प जाँदा हाम्रो परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर थियौं । हामीसँग अत्यन्तै तितो अनुुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरु पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौं । भूकम्प त्यसैबेला गयो । हामी जतिबेला संविधान निर्माणको अन्तिमअन्तिम चरणतिर थियौं र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुुन साझा आकांक्षा थियो, तितो अनुुभवसहित र अघिल्लो असफलताको तितो अनुुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौं र कुनै पनि हालतमा दोहोरि नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वभाविक रुपमा त्यहाँ स्वार्थ समूहहरु उत्पन्न हुुनुु, स्वार्थ समूहहरुले आफ्ना आफ्ना स्वार्थहरुलाई संविधान निर्माणका बखत अगाडि बढाउनुु, स्वार्थहरु बाँझिनुु, स्वार्थहरु टकराउनुु धेरै अस्वभाविक थिएन । हामीले ती कुराहरुलाई समाधान गर्नु पर्ने थियो । त्यस्तो बेलामा अचानक महाभूकम्प गयो । जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो । म नेपालका राजनीतिक दलहरुको सुुझबुुझलाई धन्यवाद भन्न चाहन्छ्ु, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नुु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नुु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रर्दशन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छुु र त्यसका लागि सबै पक्षहरुलाई म धन्यवाद पनि भन्न चाहन्छुु । हाम्रो युनिटी त्यसरी नै देखिनुु पर्दछ । राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुुपर्दछ ।
लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निमत्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुुपर्दछ ।
तसर्थ, म सबैलाई धन्यवाद भन्न चाहन्छुु र यस्ता कुराहरुका निम्ति हामी सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन पनि गर्दछौं र यस्तो कुराहरु आगामी दिन पनि हुनुुपर्दछ भन्छौं । सबै पीडितहरुप्रति म फेरि एकपटक सहानुुभूति व्यक्त गर्न चाहन्छुु । त्यस बेलाका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ होस् भन्न चाहन्छुु र अहिले पछिका भूकम्पजन्य कुराहरुलाई पनि हामीले त्यसैगरी ध्यान दिएका छौं र ध्यान दिनुुपर्छ । कार्यक्रमको आयोजनाका लागि गृह मन्त्रालय र प्राधिकरणलाई धेरैधेरै धन्यवाद भन्दै आफ्नो भनाई टुंग्याउँछुु धन्यवाद ।