नेभिगेशन
समाज विविध

आवासीय चिकित्सकहरुद्धारा सरकारी अस्पतालमा पनि ओपिडी सेवा ठप्प

काठमाडौ - आवासीय चिकित्सकहरुले सरकारी अस्पतालमा समेत ओपिडी सेवा बन्द गरेका छन् । शुक्रबारदेखि सरकारी मेडिकल कलेज र प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सकले विरामी जाच्ने कार्य रोकेका हुन् । 

निजी मेडिकल कलेजहरुले सरकारी सरह निवार्ह नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडि सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा ओम बिक्रम कार्कीले जानकारी दिए । उनका अनुसार निजी मेडिकल कलेजहरुले सरकारले तोकेको निर्वाह भत्ता नदिएसम्म आन्दोलन जारी रहनेछ ।

 आइतबार अस्पतालहरुको ओपिडी बन्द गरेर चिकित्सकहरु माइतीघर क्षेत्रमा प्रदर्शनरत छन् ।
निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरु आन्दोलित छन् । बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सकहरु निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन् । शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, सिभिल अस्पताल लगायतमा ओपिडी सेवा बन्द हुँदा विरामीहरु फर्किएका छन् । कतिपय विरामीलाई विशेषज्ञ तथा अन्य चिकित्सकको सहयतामा अस्पतालहरुले उपचारको प्रवन्ध मिलाइएको छ । वीर अस्पतालले आवासीय चिकित्सकहरुले विरामी नजाच्ने भएपछि टिकट काउन्टर नै बन्द गरेको थियो । तर विशेषज्ञ डाक्टर केहि विरामी भनेको जाँच गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध