नेभिगेशन
राजनीति

गृहमन्त्रीलाई लिङदेनको प्रश्न- भाटभटेनीमा रक्सी चोर्ने सहमहामन्त्रीको छोरालाई किन छोडियो ?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा काँग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतार हतार छोडेको बताएका हुन्। 

उनले लुटपाटमा गएका तपाईँकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन्।  

उनले भने,‘हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा गृहमन्त्रीकै पार्टीको सहमहामन्त्री कै छोरा पक्राउ परे। किन छोड्नु भो तुरुन्तै ? तपाईँका नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा लान्छु भनेर कपडा लिएर गयो। पुलिसले भिडियोमा हेरेर पक्रियो पछि नेताको छोरा परे। नेताको छोरालाई छोड्नु भो ल्याएको मान्छेलाई छोडिएन। पछि यो कुरा बाहिर ल्याउँछु भनेपछि सबैलाई छोड्नु भो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति