नेभिगेशन
समाज विविध

नवलपुरमा पानी ट्याङ्कीको पर्खाल भत्किँदा च्यापिएर एक जना मजदुरको मृत्यु, तीन जना घाइते

नवलपुर- नवलपुरको देवचुलीमा ढुङ्गाको पर्खाल भत्किँदा एक जना मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१४ निवासी २४ वर्षीय नवीन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

गम्भीर घाईते सिंजालीको भरतपुरमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । शवको मुचुल्का उठाएर शव पोष्टमार्टमको तयारी भईरहेको उनले बताए ।

अन्य घाइतेहरूमा सोही ठाउँकै २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बु र ५० वर्षीय कृष्णबहादुर बयाम्बु रहेका छन् । कुमार परियारको भरतपुर र अन्य दुई जनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार बिहान पौने १० बजे तिर देवचुली नगरपालिका–६ मुण्डेस्थित धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको फिल्टर प्लान्ट ट्याङ्कीको ढलान गर्ने क्रममा ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा उक्त घटना भएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध