नेभिगेशन
समाज विविध

काश्मिरको पाहलगममा आतंककारी हमलामा मारिएका सुदीपको न्यायका लागि प्रदर्शन हुँदै

काठमाडौं- गएको मंगलबार भारत काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले सनिबार धर्नाको कार्याक्रम गर्ने भएका छन् ।

पाकिस्तानी सरक्षित आतङकबादी समूहका कारण बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको हत्या गरिएको भन्दै कार्यवहाक अध्यक्ष डा.हरिहर घिमिरे रहेको नेपाल नागरिक अभियाले आतंकबाद विरुद्ध एक्येबदता जनाउनेभन्दै काठमाडौंको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको हो ।

नेपाली कांग्रेस आदिबासी जनजाता विभागलेसमेत आतंकबाद विरुद्ध एक्येबदाता जनाउने भएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियन (नेविसंघ) ले समेत शनिबार विरोधको कार्याक्रम राखेको छ ।

यी विभिन्न संघले पाकिस्तानी दुतावस अघि धर्ना गर्ने भन्दै जिल्ला प्रसाशन कार्यालय र प्रहरीलाई समेत जानकारी गराएका छन् ।

उनीहरुले घटना लगत्तै पाकास्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ती समेत आपत्तीजनक रहेको भन्दै पाकिस्तानै योजना अनुसार हिन्दू पर्यटकमाथि आक्रमण भएको दाबी गरेका छन् । मंगलबार भएको आतंकबादी हमलामा परी नेपाली युवा सुदीपसहित २६ जनाले ज्यान गुमाएका थिए ।

सुदिपको बुधबार नै बुटबल ल्याएर अत्यष्टि गरिसकेको छ । सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले पाहलगमा पुगेका थिए । आतंककारीले सुदीलाई नाङ्गै बनाएर गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध