नेभिगेशन
अर्थ विविध

ह्वात्तै बढ्यो वैदेशिक सहायता प्रतिबद्धता, ८ महिनामा सवा २ खर्ब

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) सम्म वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म वैदेशिक लगानी प्रतिबद्धता २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख हाराहारी आएको छ । गत आव यसै अवधिमा यस्तो प्रतिबद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबर थियो ।

कुल वैदेशिक लगानी प्रतिबद्धतामध्ये अनुदान हिस्सा २५.७ प्रतिशत र ऋण हिस्सा ७४.३ प्रतिशत छ ।

कुल प्रतिबद्धतामध्ये ऊर्जा क्षेत्रमा २५.४ प्रतिशत छ । सबैभन्दा कम सुशासन क्षेत्रमा ०.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसबीच वातावरण तथा जलवायुमा २१.७ प्रतिशत, सिँचाइ १२.८, यातायात ६, विपद् व्यवस्थापन ९.१, पानी ११.५, कृषि ४.३ र सामाजिकमा ४.३ प्रतिशत हिस्सा प्रतिबद्धता आएको देखिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध

नेपालमा एमसीसी परियोजना नरोकिने

२ अंकले बढ्यो नेप्से