नेभिगेशन
राजनीति

प्रचण्डले सरकार ढल्ने भ्रम फैलाए: महेश बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् ।

उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेती गरिरहेको टिप्पणी गरे ।


सत्तारुढ दलहरुमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उनको आरोप छ । उनले प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनै पनि समस्या नभएको दोहोर्याए । आफूहरु एकल बहुमतका लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म काँग्रेससँगको सहयात्रामा अगाडि बढ्ने उनकाे दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति