नेभिगेशन
सुरक्षा–अपराध

३ सय किलोग्राम गाँजा बरामद

सुनसरी- धरान उपमहानगरपालिका-१३ बाट अवैध लागू औषध गाँजा करिब ३ सय किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको प्रहरीले सुर्यमार्गको बाटो हुँदै कृषि बजार छिर्ने बाटोमा को.१ च ७३३५ नम्बरको स्कारपियो फेला पारी तलासी गर्दा पछाडिको सिटमा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध