नेभिगेशन
सुरक्षा–अपराध

सहकारी ठगी प्रकरण : कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ - कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए ।  उनी स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

३ सय किलोग्राम गाँजा बरामद