नेभिगेशन
समाज विविध

संसद सचिवालयमा सांसद राई पक्राउको सूचना पुग्यो, रवि लामिछानेसँगै मुद्दा चल्ने भयो

काठमाडौं– शनिबार निवासमा नै पक्राउ गरिएकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ। पक्राउ पर्नासाथ सूचना पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्। राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो।

यहि सहकारी ठगीको मुद्दा रास्वपा सभापति रवि लामिछानेलाई पनि लागेको छ। उनीसँगै अब सांसद राईको मुद्दा पनि सँगै चल्नेछ। लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्चको आदेशानुसार पूर्पक्षका लागि भैरहवा जिल्ला कारागारमा छन्।

यता, सांसद राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो