नेभिगेशन
सुरक्षा–अपराध

काँग्रेस सांसद राईलाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै

काठमाडौँ- कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने भएको छ ।

शनिबार राति आफ्नै निवास कपनबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आइतबार काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदै छ । आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यसअघि यो सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई पनि सोझै अदालत उपस्थित गराउने वा म्याद लिएर अनुसन्धान गर्ने भन्ने थियो । तर, उनको नामबिनै अघिल्लो पटक सहकारी ठगीको मुद्दा दायर भएकाले म्याद थप गरेर पूरक अभियोजन लगेर मुद्दा चलाइने प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध