नेभिगेशन
समाज विविध

श्वेता खड्काविरुद्ध सदनमा माओवादी सांसदले प्रश्न उठाइन्, ५५ घर माझी परिवारको बिचल्ली 

काठमाडौं– दोस्रो बिहे गरेर गृहस्थ जीवनमा रमाइरहेकी अभिनेत्री श्वेता खड्काविरुद्ध प्रतिनिधि सभाको बैठकमा प्रश्न उठेको छ।

महाभूकम्पपछि श्वेता फाउन्डेशनका नाममा सिन्धुपाल्चोकमा माझी बस्ती निर्माणको काम अलपत्र पारेका कारण ५५ घर माझी परिवार कालो सूचीमा परी विचल्ली भएको प्रतिनिधि सभा सदस्य उर्मिला माझीले बताएकी छन्।

उनी नेकपा माओवादी केन्द्रकी सांसद हुन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन्।

चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन भनी स्वेता खड्का फाउन्डेशनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको बताइन्।

‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ। तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ’ सांसद माझीले भनिन्,‘उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो। तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ।’

खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो।

यसबेला नागरिक सहयोगका नाममा कलाकारलगायतले फाउन्डेशन खोलेर विभिन्न बस्ती निर्माणको घोषणा गर्नेलगायतका महत्वकांक्षी योजना अगाडि सारेका थिए। 

यस्तै भरतपुरको चितवनमा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने अति महत्वकांक्षी योजना धुर्मुस सुन्तली फाउन्डेशनमार्फत भएको थियो। तर, त्यो पनि निर्माण गर्न नसक्ने भएपछि बीचैमा छाडेर भरतपुर महानगरपालिकालाई जिम्मा लगाइएको थियो।

यो पनि पढ्नुहोस् 

फाउन्डेशनको लफडाः तीन बर्षअघि नै विवादमा तानिएकी अभिनेत्री श्वेता खड्काको कहानी के थियो?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो