नेभिगेशन
समाज विविध

झनै आक्रामक बन्यो आन्दोलनरत शिक्षक महासंघ, रघुजी पन्त शिक्षामन्त्री बनेपछि गिजोलिने त्रास

काठमाडौं– विभिन्न माग राखी एक महिनादेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ आइतबार बानेश्वरमा भएको प्रहरी धरपकडपछि झनै आक्रामक बनेको छ। 

आकस्मिक बैठक बसी आन्दोलन अझ चर्काउने निर्णयमा पुगेको महासंघले प्रदर्शनलाई झन् तिव्र बनाउने जनाएको छ। 

शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको निधो गरेको छ। आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए।

‘शान्त आन्दोलनकारी भड्काउन घुसपैठ गराइयो, हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो। सरकारले नाङ्गो रुप देखायो’, अध्यक्ष सुवेदीले भने,‘यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन।’ 

शनिबार समस्या समाधानका नाममा नव नियुक्त शिक्षामन्त्री रघुजी पन्त आएपछि आन्दोलन र मागका विषय गिजोलिएको छ। 

विद्या भट्टराईले समाधानका लागि ७ बुँदा प्रस्तुत गर्दा असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलन दबाउन र मागलाई ‘तेजोबोध’ गर्ने हिसाबले पन्तको नियुक्ति गराएको पुष्टि भएको एक आन्दोलनकारी शिक्षकले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो