नेभिगेशन
समाज विविध

बानेश्वरमा शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेपका क्रममा एक शिक्षिकाको आँखा फुटेको आशंका

काठमाडौं– एक महिनादेखि आन्दोलनरत शिक्षकहरुमाथि प्रहरी हस्तक्षेप हुँदा दर्जन बढी घाइते भएका छन्। 

प्रहरीले लाठीचार्ज गर्नुको साथै पानीको फोहोरा हानेको थियो। 

झडपमा एक शिक्षिकाको आँखा फुटेको आशंका गरिएको छ।

‘मेरो आँखा’ भन्दै रुवाबासी गरिरहेकी उनलाई प्रहरीले नै पिठ्युमा बोकेर अस्पतालतर्फ दौडाइरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

यसैबीच, नेपाल शिक्षक महासंघ आइतबार बानेश्वरमा भएको प्रहरी धरपकडपछि झनै आक्रामक बनेको छ। 

आकस्मिक बैठक बसी आन्दोलन अझ चर्काउने निर्णयमा पुगेको महासंघले प्रदर्शनलाई झन् तिव्र बनाउने जनाएको छ। 

शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको निधो गरेको छ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो