नेभिगेशन
सुरक्षा–अपराध

बानेश्वर झडपमा ६० शिक्षक घाइते भएको महासंघको दाबी

काठमाडौं- नेपाल शिक्षक महासंघले आज भएको शिक्षक र प्रहरीबीचको झडपमा ६० जना शिक्षक घाइते भएको जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले 'नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण'मा परी ६० जना घाइते भएको दाबी गरिन् ।

“म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो,” उनले भनिन् ।

काठमाडौं उपत्यका प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले भने ६० जना शिक्षक घाइते भएकोबारे आफूलाई जानकारी नभएको बताए ।

“६० जना घाइते भएको भन्ने कुरा हामीलाई थाहा भएन । हाम्रो तथ्यांकमा २० जना घाइते छन्,” उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध