नेभिगेशन
समाज विविध

घाइते पत्रकार कार्कीलाई भेट्दै पत्रकार महासंघद्वारा दोषीमाथि कारवाहीको माग

काठमाडौँ- शिक्षक आन्दोलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीलाई नेपाल पत्रकार महासंघको टोलीले भेट गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव राजप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोली तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको हो ।

महासंघकी अध्यक्ष निर्मला शर्माले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र क्षतिपूर्ति दिन माग गरिन् ।

उनले भनिन्, ‘पत्रकार सबिना कार्कीको स्वास्थ्य लाभको कामना गर्दछौँ।  घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र उचित क्षतिपूर्ति दिन राज्यसँग माग गर्दछौँ। ‘

साथै उनले पत्रकारहरूलाई पनि रिपोर्टिङमा जाँदा पहिला आफू सुरक्षित रहन आग्रह गरिन् ।

यसअघि महासंघले आज विज्ञप्ति जारी गर्दै नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनम रहेको जनाएको थियो ।

शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्‍यायो अस्पताल

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रविमाथि अर्को कडा मुद्दा थपियो