नेभिगेशन
बैंक–वित्त

हिमालयन बैंकद्धारा बत्तिसपुतली शाखा स्थानान्तरण

काठमाडौं - हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण गरेको छ ।

बैंकका अनुसार साविक भवन/स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट यही बैशाख १४ गते देखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याईएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन।

बैंकले नेपाल भरी फैलिएका एक सय ७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, दुई सय ८४ एटिएम, आठ हजार भन्दा बढी पस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बैंक–वित्त