नेभिगेशन
राजनीति

शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा संसदहरुले शिक्षकका माग पुरा गरेर उनीहरुलाई विद्यालय फर्काउन संसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले शिक्षकहरुको आन्दोलनलाई दमन गरेको भन्दै तत्काल वार्ताबाट उनीहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको पुरा गर्न सकिने माग तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेकी छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रहरीले शिक्षकहरुको आन्दोलनलाई दमन गरेको प्रति आपत्ति जनाउदै शिक्षकहरुलाई  राजनीतिक दलको सदस्यता छोड्न र शिक्षा ऐनको पालना गर्न आग्रह गरेकी छन् । 


उनले शिक्षकहरुले राजनीतिक दलको सदस्य बनेसम्म यसैगरी दलहरुको दास बनेर रहिरहने चेतावनी समेत दिएकी छन् । सांसद श्रेष्ठले तत्काल शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेकी छन् । 


त्यस्तै राप्रपाकी संसद रोशनी कार्कीले शिक्षकहरुलाई सरकारले दमन गरेको भन्दै यस्तो नगर्न सरकारलाई चेतावनी दिएकी छन् ।


त्यसैगरी एमाले सांसद सुर्य थापाले शिक्षकहरुलाई आफ्नो आन्दोलनका कार्यक्रम अनुसार नै कार्यक्रम गर्न आग्रह गर्दै आइतबारको घटना भएकोप्रति दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति