नेभिगेशन
राजनीति

संसदीय समितिमा नाम हेरफेर, विद्या भट्टराई शिक्षा समितिमा

काठमाडौँ- हालै मात्रै शिक्षा मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराई र राज्यमन्त्रीबाट बर्खास्तीमा परेका पूर्णबहादुर तामाङलाई संसदीय समितिमा मनोनयन गरिएको छ ।

प्रतिनिधि सभाका सदस्यको समिति हेरफेर गर्दै दुवै जनालाई संसदीय समितिमा मनोनयन गरिएको हो ।  

यससँगै भट्टराईलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सदस्य र तामाङलाई अर्थ समितिमा मनोनयन गरिएको छ । 

भट्टाराई मन्त्री बन्नुपूर्व पनि उनी सोही समितिको सदस्य थिइन् । मन्त्री बनेपछि संसदीय समितिबाट स्वतः बिदा हुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ ।  

यस्तै एमाले सांसद पदम गिरी अर्थ समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा गएका छन् । रघुजी पन्त मन्त्री बनेपछि गिरीलाई राज्य व्यवस्थामा लगिएको हो ।

प्रतिनिधि सभा बैठकमा आज सभामुख देवराज घिमिरेले समितिमा सांसदहरू हेरफेरको सूचना सुनाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति