नेभिगेशन
राजनीति

राजेन्द्र लिङ्देन र कमल थापा एउटै मञ्‍चमा

काठमाडौं- काठमाडौंको  शान्तिवाटीकामा राप्रपा, नेपालले आयोजना गरेको सभामा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि पुगेका छन् ।

उनी केहीबेरअघि मात्रै त्यहाँ पुगेका हुन् । उनीसहित महामन्त्री कुन्ती शाही पनि कार्यक्रममा सहभागी हुन पुगेकी छिन् ।

शान्तिवाटीकामा राजसंस्था पुनर्स्थापनालगायतका माग राख्दै राप्रपा नेपालले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी हुन राप्रपाका महामन्त्री धवल शमशेर जबरालगायत पुगिसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति