नेभिगेशन
सुरक्षा–अपराध

करिब १८ अर्ब अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब १८ अर्ब रुपैंयाँ बराबरको अवैध वित्तीय कारोबारमा संलग्न २१ जनालाई ११ जिल्लाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूले विदेशबाट प्राप्त विप्रेषण रकमलाई आन्तरिक विप्रेषणको नाममा अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको खुल्न आएको छ । प्रहरीका अनुसार आन्तरिक विप्रेषण बन्द भइसकेको अवस्थामा विदेशबाट प्राप्त हुने विप्रेषण रकम आप्रवाहमा अवरोध गर्दै अवैध कारोबार सञ्चालन गरिएको थियो । संलग्न व्यक्तिहरूले भन्सार छली, सुनको अवैध कारोबार र कर छलजस्तै गतिविधि सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरूले सजिलो पे र पेवेल नेपाल प्रालिजस्ता डिजिटल वालेट कम्पनीहरू प्रयोग गरी रकमलाई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि मनी ट्रान्सफर कम्पनीहरूमार्फत ई–मनी बनाई विदेशी कामदार तथा विद्यार्थीका आफन्तहरूको खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध