नेभिगेशन
समाज विविध

ललितपुर महानगरको निर्देशन- मंगलबारदेखि विद्यालय खोलेर पठनपाठन अगाडि बढाउनु

काठमाडौं - ललितपुर महानगरपालिकाले मंगलबारदेखि विद्यालय खोलेर पठनपाठन अगाडि बढाउन मातहतका सामुदायिक विद्यालयलाई परिपत्र गरेको छ ।

महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी परिपत्रमा सर्वोच्च अदालतबाट भउको आदेशअनुसार विद्यालय खोल्न र पठनपाठन अगाडि बढाउन भनिएको छ ।

महानगरले भनेको छ- 'विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ ।'


आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चित्र २० गतेदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । 

Lalitpur(1)-1745843979.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध