नेभिगेशन
विश्व

स्पेन, पोर्चुगल र फ्रान्समा विद्युत आपूर्ति बन्द हुदा अस्तव्यस्त

काठमाडौँ - युरोपेली देशहरू स्पेन, पोर्चुगल र फ्रान्समा सोमबार नेपाली समय अनुसार दिउँसो करिब ४ बजे बिजुली आपूर्ति बन्द भयो । यसले गर्दा तीनै देशका मेट्रो, विमानस्थल, रेल र मोबाइल नेटवर्कहरू ठप्प भएका छन् ।


यो ब्ल्याकआउटले लाखौं मानिसहरूलाई बिजुली बिना बाँच्न बाध्य बनाएको छ । युरोन्यूज पोर्चुगलका अनुसार, पोर्चुगल र स्पेनका राजधानीहरूमा धेरै मेट्रो रेलहरू स्टेशनहरू बीचको सुरुङमा अड्किएका छन् । मानिसहरू यी महानगरहरूमा अड्किएका छन् ।


पोर्चुगल प्रहरीले रेल सञ्चालन बन्द भएको बताएको छ, पोर्टो र लिस्बन दुवैमा मेट्रो सेवाहरू बन्द गरिएको छ र देशभर ट्राफिक सिग्नलहरू पनि प्रभावित भएका छन्।

युरोपको विद्युतीय ग्रिडमा त्रुटि यो ब्ल्याकआउटको कारण हुन सक्ने बताइएको छ ।

दक्षिणपश्चिम फ्रान्सको अलारिक माउन्टेनमा आगलागी भएको छ । यसले पर्पिग्नन र पूर्वी नार्बोन बीचको उच्च भोल्टेज बिजुली लाइनमा क्षति पुर्‍याएको बताइएको छ । पोर्चुगलको राष्ट्रिय विद्युत कम्पनीले यसलाई बिजुली आपूर्ति अवरुद्ध हुनुको सम्भावित कारण मानिएको बताएको छ ।

स्पनेमा विद्युत आपूर्ति सुचारु हुन करिब १० घण्टा लाग्ने बताइएको बिबिसीले उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व