नेभिगेशन
राजनीति

नेपालमा राजसंस्था हटाएको जिम्मा लिएका भारतीय पूर्वअधिकारीसँग बाबुरामको अंकमाल

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विवादमा तानिएका छन्।

भारतमा रहेका आफ्ना पार्टीसहित नेपाली समुदायको कार्यक्रममा प्रवचन दिन पुगेका बाबुराम नेपालका लागि पूर्वराजदूत र भारतीय विदेश मन्त्रालयमा काम गरिसकेका अधिकारीसँग भेट र अंकमाल  गरेका कारण विवादमा तानिएका हुन्। 

नेपालमा राजसंस्थावादी तथा राजावादीको आन्दोलन चलिरहेका बेला बाबुरामले राजालाई हटाएको जिम्मा लिएका नेपालका लागि पूर्वराजदूत तथा भारतीय विदेश मन्त्रालयका पूर्वअधिकारीसँग भेट गरेका थिए। 

उनले खासगरी नेपालमा हिन्दूत्व र राजसंस्थालाई हटाएको दाबी गरेका भारतीय विदेश मन्त्रालयका पूर्वसचिव श्याम शरण, नाकाबन्दीका बेला नेपालमा राजदूत रहेका रणजित राय, राकेश सूद, मन्जिभ सिंह पुरीलगायतसँग भेट गरेका थिए। 

‘माओवादीका पूर्वबरिष्ठ उपाध्यक्ष रहेका बाबुराम जसले नेपालको प्रधानमन्त्री बनेर मुलुक समेत हाँके तिनले भारतका पूर्वकनिष्ठ कर्मचारी भेट्नु नै गलत थियो’, कुटनीतिक मामलाका एक जानकार भन्छन्,‘त्यहाँमाथि अहिले नेपालमा राजावादी आन्दोलन कायम रहेका बेला राजसंस्था नै हटाएको दाबी मात्र होइन पुस्तक नै लेखेका अधिकारी भेट्नुले घिउमा आगो बाल्ने काम हुन सक्छ।’

यसै पनि बाबुरामलाई भारत परस्त नेपाली नेताका रुपमा व्याख्या हुने गरेको थियो। द्वन्द्वकालमा नै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत परस्त रहेका कारण उनलाई घेराबन्दीमा राख्ने काम भएको थियो।Baburam-Bhattarai-in-India_cZ5vvgVEMg-1745901318.jpg
‘माओवादी आन्दोलनलाई पनि प्रभावित बनाउने र दबाउनको काममा लागेका राकेश सूदसँगको भेटले पनि बाबुराम को हुन् भन्ने प्रस्ट हुन्छ’, माओवादीका पूर्वनेता भन्छन्,‘अनि माओवादीपरस्त रहेकालाई भेटेका कारण द्वन्द्वकालमा यीनि कसका मुखौटा बनेका थिए भन्ने स्पष्ट हुन्छ।’

बाबुरामले भेटेका श्याम शरणले आफ्ना पुस्तकमा नेपाली सेनाका प्रधानसेनापतिलाई भेट गरी राजसंस्था कायम नरहने जानकारी गराएकोसम्म भन्न भ्याएका थिए। श्याम शरण विदेश सचिव रहेका बेला नै नेपालमा चलेको जनआन्दोलनपछिको पुनःस्थापित संसदले राजाको सबै अधिकारी कटौती गरेको थियो। 

‘त्यसको जस समेत श्याम शरणले लिएका छन्’, कुटनीतिक मामला जानकारहरू बताउँछन्,‘यस्ता व्यक्ति भेटेर बाबुरामले आफू को हो भन्ने उदाङ्गो पारेका छन्।’

अहिले नेपालमा चलिरहेको राजावादी आन्दोलनको बाबुराम कट्टर बिरोधीका रुपमा पनि प्रस्तुत भैरहेका छन्। अर्कातिर नेपालमा नाकाबन्दी लगाएका बेला चुईँसम्म नगरेका बाबुरामले रणजित रायलाई भेट्नु पनि गलत रहेको अधिकारीहरु बताउँछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति