नेभिगेशन
समाज विविध

विद्युत प्राधिकरणको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्वले  तयार गरेको श्वेतपत्र सार्बजनिक गर्ने कार्यक्रम प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्नका लागि मंगलबार बिहान ११: ३० बजे कार्यक्रम तय गरेका थिए । 


अर्को सूचना नहुँदा सम्मका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको शाक्यको सचिवालयले जानकारी गराएको छ । शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेपछि प्राधिकरणको वर्तमान अवस्था र चुनौती विश्लेषण गर्दै श्वेतपत्र जारी गर्ने बताएका थिए ।


श्वेतपत्रमा प्राधिकरण घाटामा रहेको र यसअघि कुलमान घिसिङले दाबि गरेका आँकडा गलत रहेको उल्लेख गरिएको दाबि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

शिक्षकको आन्दोलन आज पनि जारी