नेभिगेशन
समाज विविध

तीन जिल्लामा सीडीओ फेरिए, बास्तोला विपदमा 

काठमाडौं– गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ।

गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गरी तीन जिल्लाका सीडिओ फेरेका हुन्। 

तनहुँ, रामेछाप र दैलेखका सीडिओ फेरिएका हुन्। 

गृह मन्त्रालयका सहसचिव रामकृष्ण रामकृष्ण अधिकारी तनहुँ, तनहुँका सीडिओ श्यामकृष्ण थापा रामेछाप, गृहमा रहेका बद्रीनाथ गैह्रे दैलेख जिल्लाका सीडिओमा सरुवा भएका छन्।

यस्तै, रामेछापका सीडिओ रहेका राजुप्रसाद पौडेल, दैलेखका सीडिओ नवराज जैसी गृह मन्त्रालय तानिएका छन्। 

गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद ब्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। 
494818509_3516220775177380_7485353037663964571_n_Gl1EOCpIpR-1745904090.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

शिक्षकको आन्दोलन आज पनि जारी