नेभिगेशन
राजनीति

राप्रपाका उपाध्यक्ष मिश्रमाथि राज्यले दुर्व्यवहार गर्‍यो : सांसद झा

काठमाडौं- रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए ।

उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे । उनले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएको भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसकेको भन्दै आइन्दा कोही पनि विवाद गर्न नआउन उनको आग्रह छ ।

उनले भने, ‘रविन्द्र मिश्र ज्युको व्यवहार र विचारप्रति मेरो सहमति नहोला । तर उहाँमाथि राज्यले गरिराखेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ । त्यो व्यवहारमा सरकार सच्चियोस् । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यही १४ गते काठमाडौंमा सम्माननीय प्रधानमन्त्री ज्युले एउटा स्टेटमेन्ट दिनुभयो–नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो, एक झापो लगाए हिरासतमा पुर्‍याए । उहाँलाई धन्यावाद छ स्वीकार्नु भयो कि राजनीतिक प्रतिशोध नै रहेछ । आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला ।’ आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको ? भन्दै उनले प्रश्न समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

बनेन शिक्षक फर्किने वातावरण