नेभिगेशन
राजनीति

भारतीय अर्बपति गौतम अदानीको लगानीको टेलिभिजनलाई बाबुरामले भने,‘राजतन्त्र मरिसक्यो’

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय टेलिभिजन च्यानलमा पुगेर आफ्नो मुलुकमा राजतन्त्र मरिसकेको बताएका छन्। 

भारतीय अर्बपति गौतम अदानीले जबरजस्ती खरिद गरेको एनडीटीभी इन्डियालाई अन्तरवार्ता दिएर उनले यस्तो बताएका हुन्।

टेलिभिजनले ‘नेपालमा अचानक राजतन्त्रको समर्थनमा आन्दोलन कसरी सुरु भयो? यसको पछाडिको परिस्थिति के हो?’ भनेर पहिलो प्रश्न गरेको थियो। 

सो क्रममा भट्टराईले भने,‘नेपालमा राजतन्त्रको समर्थनमा कुनै आन्दोलन छैन। हजार दुई  हजार मानिस जहाँ पनि तमासा हेर्न पुग्छन्। प्रचार गरेको जस्तो सही छैन। नेपालमा राजतन्त्र मरिसक्यो, जो मरिसक्या त्यो फेरि आउँदैन। प्रचार गरेको जस्तो सही होइन।’ 

भट्टराईले नेपालमा राजावादीको आन्दोलन या प्रदर्शनमा देखिएको योगी आदीत्यनाथको तस्बिरको विषयमा जानकारी नभएको र दुरुपयोग भएको हुनसक्ने बताएका छन्। उनले राजसंस्था भत्काउन र सिध्याउनका लागि नै माओवादी युद्ध भएको पनि दाबी गरेका छन्। 

अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस्
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

बनेन शिक्षक फर्किने वातावरण