नेभिगेशन
समाज विविध

सरकारसँग वार्ता अघि शिक्षक महासंघ आन्तरिक छलफलमा

काठमाडौं- सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ ।

आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । ‘बैठक बस्दैछौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ उनले सुनाइन् ।

यसअघि आइतबार राति अबेरसम्म सरकारसँग वार्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा–बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । सेवा–सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् ।

सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ। आइतबारको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र केही विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराएका थिए । २८ दिनदेखि शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध