नेभिगेशन
राजनीति

वार्ताको लागि शिक्षक महासंघको टोली शिक्षा मन्त्रालय

काठमाडौ - शिक्षक महासंघको टोली वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेको छ । शिक्षामन्त्री रघुजी पन्तले वार्तामा बोलाएपछि महासंघका अध्यक्ष, सहअध्यक्षलगायतको टोली वार्ताको लागि मन्त्रालय पुगेको हो ।

 वार्ता भर्खर सुरु भएको महासंघका महासचिव तुला वहादुर थापाले जानकारी दिए । 

उनका अनुसार आन्तरीक बैठक सकिएपछि सरकारसँगको वार्तामा महासंघको टोली पुगेको हो । सोमबार विहान र राती दुई पटकसम्म शिक्षक महासंघका प्रतिनिधि वार्तामा बसेपनि ठोस निर्णय हुन सकेन । तर शिक्षामन्त्री पन्तले भने वार्ता सकारात्मक रहेको र सहमती नजिक पुगेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

बनेन शिक्षक फर्किने वातावरण