वैशाख १०, २०८२, बुधवारका दिन भारत प्रशासित जम्मु कश्मीरको अनन्तनाग जिल्लामा भएको आतंकवादी हमलाले फेरि एकपटक दक्षिण एसियाको स्थायित्व, शान्ति र सह—अस्तित्वमाथि गहिरो प्रश्न उठाएको छ । एक जना नेपाली नागरिक सहित २६ निर्दोष हिन्दू पर्यटक हरूको ज्यान लिएको यो घटना केवल मानवीय विपद् मात्र होइन, यो सम्पूर्ण क्षेत्रको संवेदनशील भूराजनीतिक सन्तुलनलाई डगमगाउने कारक बन्न पुगेको छ । आजको विश्व जहाँ शक्ति सन्तुलन फेरिँदैछ, शक्ति राष्ट्रहरू आ–आफ्नो प्रभाव विस्तार गर्न तल्लीन छन्, त्यहाँ कश्मीरजस्तो महत्वपुर्ण सामरिक भू—भागमा हुने हिंसात्मक गतिविधिहरूले व्यापक क्षेत्रीय र भुराजनैतिक असर पार्ने देखिन्छ।
कश्मीर विवादको जरा सन् १९४७ को भारत–पाकिस्तान विभाजनसँग गाँसिएको छ। जम्मु कश्मीर त्यतिबेला एक स्वतन्त्र राज्य थियो, जसले भारत वा पाकिस्तान कसैमा पनि तत्काल विलय नगर्ने नीति लिएको थियो। तर पाकिस्तान समर्थित कबायली हमलाकारीहरूको आक्रमणपछि महाराजा हरिसिंहले भारतसँग सहायताको सर्तमा विलयपत्रमा हस्ताक्षर गरे। त्यसयता भारतले कश्मीरलाई आफ्नो अविभाज्य अङ्गको रूपमा प्रस्तुत गर्दै आएको छ, भने पाकिस्तानले मुस्लिम बहुल जनसंख्याको आधारमा त्यसमाथि दाबी गर्दै आएको छ।
यी दाबीहरूको प्रतिफलस्वरूप भारत–पाकिस्तानबीच चारवटा युद्ध भइसकेका छन् । सन् १९४८, १९६५, १९७१, र १९९९ को कारगिल युद्ध कश्मीरको अस्थिरताले हरेक पटक यी द्वन्द्वको मूल उत्प्रेरकको भूमिका खेलेको छ । स्मरणीय छ यी र, विश्वको कुनै पनि युद्धमा जहाँ भारतले भाग लिन्छ त्यसमा नेपाली र, नेपाली मूलका गोर्खाली सेनाको महत्वपुर्ण बलिदान रहेको र, रहने गरेको छ ।
अनन्तनाग जिल्लाको पहलगाम नजिकै हिन्दू धर्मालब्बी लगायत तीर्थयात्रीहरूको बसमाथि भएको आतंकी हमलामा आक्रमणकारीहरूले धर्म पहिचान गरी लक्षित हमला गरे भन्ने प्रारम्भिक रिपोर्टले घटनाको क्रूरता उजागर गर्छ। कम्तीमा २६ जनाको ज्यान गएको र दर्जनौं घाइते भएका यो घटनापछि भारतले यसलाई “सीमापार प्रायोजित आतंकवाद”को संज्ञा दिएको छ भने पाकिस्तानले भारत स्वयंले गराएको नियोजित फर्जी आतङ्कबादी हमला भनेर प्रतिवाद गरेको छ । दाबी जे जस्तो भएता पनि मुल विषय भनेको धर्म या राजनीति जे विषयको रङ्गमा हमला भएको भएता पनि आतङ्कबादी हमलामा २६ जना निर्दोष पर्यटकले ज्यान गुमाएका छन् ।
भारतले पाकिस्तानसँगको व्यापार अन्त्य गर्ने, ब्यापार पारवहन सुविधा रद्द गर्ने । उडान स्थगन गर्ने र भारत—पाकिस्तान बीच कार्यान्वयनमा रहेको १९६० को ईन्दुस जल सम्झौता खारेज गरेको जनाएको छ । जसबाट पाकिस्तानका आम नागरिकको निर्विकल्प पिउने पानीको भारत हुँदै पाकिस्तान जाने पानीको श्रोत बन्द भई जनजीविकामा गम्भिर प्रभाव पर्ने देखिन्छ । यो हमला पछि भारत सरकारको तर्फबाट भएको दुइ महत्वपुर्ण निर्णयमा एउटा पानीको सम्झौता रद्द गर्ने र, अर्काे ४८ घंटा भित्र भारतमा रहेका पाकिस्तानी नागरिकले भारतको भुमी छाड्नु पर्ने थियो ।
यो विषय निकै महत्वपुर्ण र गम्भिर छ । यस अलावा पाकिस्तानमा रहेको भारतीय राजदुतावास र भारतमा रहेका पाकिस्तानी राजदुतावास बन्द गर्ने र राजदुत लगायत सम्पुर्ण कुटनीतिक कर्मचारी फिर्ता बोलाउने काम समेत भएको देखिन्छ।त्यसको जवाफमा पाकिस्तानले पनि भारतीय उच्चायुक्तलाई निष्कासन गर्यो,भारतीय उडानहरूका लागि आफ्नो आकाशमार्ग बन्द गरिदियो,संयुक्त राष्ट्रसंघ र इस्लामिक सहयोग संगठनमा भारतविरुद्ध कूटनीतिक दबाब सिर्जना गर्न सक्रियता बढायो। पनि साथै,सेनालाई दुवै देशले उँच्च सतर्कताको स्थितीमा राखेको देखिन्छ ।
यी सबै घटनाक्रमले दक्षिण एशियाको शान्तिपुर्ण समाजमा निकै ठुलो समस्या र, सङ्कट आउने देखिन्छ । जे होस, संसारमा विभिन्न कालखण्डमा विभिन्न नाममा युद्ध र सामुहिक हत्या हरु भए जसमा खासगरि धर्म, सत्ता, जातिवाद छन । अबको विश्वमा युद्ध भने पानीको लागि हुनेछ । र, यो त्यसैको सेरोफेरोमा शुरुवात भएको पनि हुन सक्दछ । यदि यसो हो भने,संकटको स्थिती निसन्देह गहिरिएर जानेछ ।
धार्मिक तनावको बढ्दो सम्भावना र सामाजिक असरः
यो घटनाले केवल दुई राष्ट्रबीचको भूराजनीतिक सम्बन्धमा असर मात्र नभई दक्षिण एशिया र पुरै विश्वलाई प्रभावित गर्नेछ । धार्मिक संवेदनशीलता संग जोडिएको यो विषयले बदलिंदो नेपाली नेपालको राजनीतिक पृष्ठभुमिमा अनाहकमा एक नेपालीको पनि ज्यान गएको दुःखद घटना हामीले अनुभुत गर्नु परेको छ ।
केही अघि सम्म अन्तराष्ट्रिय आतंकबादबाट हामी अछुत रहंदै आइ रहेकोमा ईराकमा १२ नेपालाीको हत्या , सन १९९१ को कान्दाहार विमान अपहरण र, यो घटनाले नेपाललाई चाहे पनि नचाहे पनि आतंकबादसंग जुझने विषयमा सहभागि हुन निकट भविष्यमा बाध्यकारी हुन जाने सम्भावना छ ।
सामाजिक तथा सञ्चारमाध्यममा आएका प्रतिकृयाहरू तथा हिन्दू–मुस्लिम समुदायबीच यस घटनालाई आधार बनाएर द्धन्द भडकाउने वा अतिवाद तर्फ धार्मिक तथा राजनीतिक खेतीकालागि गरिने नकारात्मक टिप्पणीहरु तर्फ सचेत रहंदै आतंकवाद विरुद्ध कडा कदम चाल्न आवश्यक देखिन्छ । र, आम मानसिको हितको खातिर सधैं आतंकवादको विपक्षामा उभिनु अनिवार्य शर्त हुनेछ । काश्मिरको भूगोल राजनीतिक विषय हो तर घटना आतंकवादी हो त्यसैले विषयको समझ र, पकड बलियो संग पकडनु पर्दछ । नेपाल परम्परागत रुपमा हिन्दु बहुल मुलुक भएको हुँदा हिन्दुको पक्षमा उभिँइदा वा नउभिइंदा भूगोलको विषय र बुझाइलाई अलग्याएर हेर्न मिल्दैन ।
बंगलादेशमा सत्ता पलटपछि पछिल्लो समयमा अल्पसंख्यक बंगलादेशी हिन्दु धर्मालम्बीहरु विरुद्ध भई रहेको हत्या, आगजनी, लुटपाट, बलत्कार र, जवरजस्ती धर्म परिवर्तनको दैनिक भई रहेको घटनाको पृष्ठूमिमा भइ रहेको छ । र, पाकिस्तानमा पनि यस्तै हुँदै गइरहेको अवस्था छ । भारतले भारतीय हिन्दु नागरिकको मात्र नभइ विश्वभरिको हिन्दु हरुको बचाव र रक्षाको खातिर महत्वपुण भुमिका खेल्न सक्दछ र, उपयुक्त अवसर पनि छ । धार्मिक ध्रुवीकरणले केवल स्थानीय अवस्था होइन, सम्पूर्ण क्षेत्रीय शक्ति सन्तुलनलाई नै खल्बल्याउने समेत सामर्थ्य राख्दछ। बङ्गलादेश, अफगानिस्तान, र नेपालजस्ता मुलुकहरूमा पनि धार्मिक भावना उचालिएर सामाजिक एकतालाई चुनौती दिन सक्ने खतरालाई नकार्न सकिन्न।
क्षेत्रीय र जनस्तरीय प्रभाव:
भारत–पाकिस्तानबीच सन् २०१८÷१९ मा मात्र पनि वार्षिक व्यापार २.३ अर्ब अमेरिकी डलर बराबरको थियो, जुन यस्ता तनावकालीन अवस्थामा शून्यमा झर्न सक्ने सम्भावना रहन्छ। यसको प्रत्यक्ष असर उद्योग, रोजगारी, उपभोग्य वस्तुहरूको मूल्यवृद्धि र जनसुरक्षामा पर्नेछ।उड्डयन मार्ग बन्द हुँदा दक्षिण एसियाली मुलुकहरूको पारवहन र व्यापारसमेत प्रभावित हुन सक्छ। यसले व्यापक आर्थिक अस्थिरता जन्माउने सम्भावना रहन्छ, जसको असर लामो समयसम्म रहन सक्छ।
भूराजनीतिक संकेतः द्वन्द्व स्थानान्तरण हुँदै अबको केन्द्र एशिया ?
शीतयुद्धपछि अफ्रिका / युरोपमा केन्द्रित द्वन्द्व, पछिल्लो दशकमा मध्यपूर्वतर्फ सरेपछि अब एशिया पनि रणनीतिक संघर्षको भूमिमा रूपान्तरण हुने संकेत देखिँदैछ। चीन–भारत सीमा तनाव, अमेरिका–चीन प्रतिस्पर्धा र भारत–पाकिस्तान तनाव मिलेर दक्षिण एशियालाई नयाँ शक्ति द्वन्द्वको अखडामा रूपान्तरण गर्ने खतरा बढेको छ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतको चीन–पाकिस्तान आर्थिक करिडोर (ऋएभ्ऋ) पाकिस्तान अधीन कश्मीर हुँदै जानु भारतका लागि असहज विषय बनेको छ। यसले भारत–चीन–पाकिस्तानबीच कूटनीतिक त्रिकोण सिर्जना गर्दै दक्षिण एसियामा द्वन्द्वको आँधी निम्त्याउने खतरा बोकेको छ।
नेपाल र क्षेत्रीय दृष्टिकोण:
शान्तिको भूमि नेपालले सधैँ नै क्षेत्रीय द्वन्द्वको समधान संवाद र संयमतामै रहेको सन्देश दिँदै आएको छ। गौतम बुद्धको जन्मस्थलबाट हामी बारम्बार स्मरण गराउनु पर्दछ —हिंसा, प्रतिशोध र सैन्य प्रतिस्पर्धाले समाधान होइन, विनाश मात्र दिन सक्छ। राजा वीरेन्दले अघि सारेको असंलग्न परराष्ट्र नीति, पंचशीलको सिद्धान्त, र, नेपाललाई शान्ति क्षेत्रको रुपमा अघि सारेका विषय आजको युग र यो घटनाको पृष्ठभुमीमा झनै सान्दर्भिकता महशुस हुन गएको छ । यसै पृष्ठभुमीमा नेपालले एउटा बाटो तय गर्न जरुरी छ ।
भारत हाम्रो अनन्य मित्र र छिमेकी साथै पाकिस्तान पनि मित्रराष्ट्र भएकाले, नेपालले तटस्थ तर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै दुई राष्ट्रबीचको संवाद प्रक्रिया सहज बनाउन सक्ने हैसियत राखनुपर्दछ । नेपाल लाइ विगतमा जस्तै ढिलो कुटनीति अपरिपक्व कुटनैतिक गतिविधि गर्ने छुट छैन। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले शान्ति, पारस्परिक सम्मान र समन्वयको मूल्यलाई प्रवद्र्धन गर्नुपर्ने वर्तमान घडीमा झन जरूरी भएको छ।
निष्कर्षः संवाद, संयमता र समझदारी :
कश्मीरमा भएको आतंकी हमला केवल एक क्रूरता होइन, यो सम्पूर्ण दक्षिण एसियाको अस्थिरताको द्योतक हो। युद्धहरूले विगतमा समाधान दिएका छैनन्—बरु ती हजारौं नागरिक, सुरक्षाकर्मी र निर्दोष जनताको बलिदानको इतिहास बनेका छन्।
आज पनि—हिंसात्मक प्रतिकार होइन, संवाद, संयम र समझदारीमार्फत समाधान खोज्ने कार्यमा नेपालजस्तो तटस्थ राष्ट्रले यस अवस्थामा न्यायपूर्ण सहजीकरणको भूमिका निर्वाह गर्दै धार्मिक सहिष्णुता, क्षेत्रीय समन्वय र मानवीय सहानुभूति को पक्षमा तथा हरेक रङ्गका आतंकवाद का विरुद्धमा शसक्त रुपमा उभिन जरुरी छ।किनभने युद्धले शत्रुताको सिमा बढाउँदछ, तर संवादले सम्बन्ध बनाउँछ।
( लेखक राजनीति शास्त्र,पुर्वीय दर्शन र कानुनका अध्येता हुन)