नेभिगेशन
समाज विविध

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

मुस्ताङ- हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका-५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्ति क्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणबाट मरेका छन् । हिउँ चितुवा मध्यरातमा गाउँभित्रको ढुंगा र माटोले बनेको गोठको क्षेत्रभित्र पसेर च्याङ्ग्रा मारेर क्षति तुल्याएको च्याङ्ग्रा पालक गुरुङको भनाइ छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्दा रु. दुई लाख २० हजार बराबरको नोक्सान भएको च्याङ्ग्रा उनले बताए ।

यसैगरी सोही स्थानकै अर्को च्याङ्ग्रा पालक पेम्मा गुरुङ पनि च्याङ्ग्राको माउ र पाठासहित गरी तीन च्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परी मरेका छन् । मध्यरातमा गोठको छतमाथि उक्लिएर गोठमा पसी ५२ च्याङ्ग्रामध्ये तीन हिउँ चितुवाले मारेको पशुपालक पेम्बाले बताइन् । उनका अनुसार अर्को एक पाठोसमेत हिउँ चितुवाको आक्रमणबाट घाइते भएको छ । हिउँ चितुवाको आक्रमणबाट च्याङ्ग्रा क्षति हुँदा रु. ६५ हजार बढीको घाटा भएको पशुपालक पेम्बाले सुनाइन्  ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध